विकसित मानव सँगसँगै विकसित भएको हाम्रो समाज र हाम्रो विचारहरु,आजको युगसम्म आइपुग्दा मानवजीवन आधुनिकता सँग सम्मिलित हुन पुगेको छ। आधुनिकताको बढ्दोक्रम सँगै यसले मानवजीवनमा नकारात्मक र सकारात्मक प्रभाव पारेको देखिन्छ। यस्तो बदलिदो अवस्थामा देखिएको अस्तव्यस्त जीवानसैली र खानपिनले गर्दा विभिन्न्न रोगहरुलागने क्रम बढ्दो पनि छ। विश्वसूचीको तत्थ्याङ्क अनुसार मधुमेहरोग मानिसहरूलाई धेरै ग्रसीतपार्ने दश रोगहरु मध्ये एकको रुपमा सूचिकृत गरिएको छ। विश्व स्वास्थ्य संगठन २०२० को प्रकाशित तत्त्थ्याङ्क अनुसार नेपालमा मधुमेहको (डाइवेटिस मिल्लिटस) कारणले २,९२९ जना मानिसहरुले ज्यान गुमाइसकेका छन् ।
मधुमेह भनेको के हो ?
मधुमेहलाई डाइवेटिस (Diabetes) अर्थात् नेपाली समाजमा चिनीरोग भनेर चिनिन्छ। हामीले खाएको खाना रसायनिक प्रकृयाबाट चिनीको कर्ण अर्थात् ग्लुकोजको (Glucose) रुपमा परिणतभई शोषीत भएर रगतमा आउँन्छ र इन्सुलिन (Insuline) मार्फत सबै शरीरको कोषिकामा पुगी ऊर्जा दिन्छ।
यदि इन्सुलिनले राम्रो सँग काम नगरेको अवस्थामा रगतमा शोषीत भएको ग्लुकोजको मात्रा बढन जान्छ जसले गर्दा मधुमेह रोग लाग्ने गर्दछ। प्रमुखरुपमा यो रोगलाई चार भागमा विभाजन गर्न सकिन्छ। इन्सुलिनको उत्पादन गर्न प्प्यान्क्रियाज निष्कृयहुँदा रगतमा चिनीको मात्रा बढी भएर जान्छ जसले गर्दा टाइप ओन डाइवेटिज (Type 1) लाग्छ जुन प्राय सानो उमेरका बच्चाहरुमा देखा पर्छ।
शरीरलाई चाहिने इन्सुलिनको मात्रा उत्पादन गर्न असक्षमहुँदा टाइप टु (Type 2) डाइवेटिज देखा पर्छ र प्राय ३० वर्ष माथिका मानिसहरुमा यो रोग पाइएको देखिन्छ, शरीरमा आउन गएको कुनै खराबीले गर्दा इन्सुलिनको उत्पादनमा कमीभइ सेकेन्डरी (Secondary) डाइवेटिज देखापर्दछ र महिलाहरुलाई गर्भअवस्थामा देखिने डाइवेटिज लाई जीडियम (GDM) भनिन्छ।
मधुमेहपछिको लक्षण र असर
मधुमेह रोग लागेपछि सामान्यतया जीवनभर रहिरहन्छ। यो रोग पुरा निकोंनहुने रोग भएतापनि ठिक प्रकारको खानपान, व्यवहार र औषधिबाट सन्तुलनमा राखन सकिन्छ। धेरै तिर्खा लग्नु, बारम्बार भोक लग्नु, पिसाब धेरै लग्नु, शरीरको बजन घट्नु, कमजोरी हुनु, छाला सुख्खा हुनु, थकान हुनु, ज्यवरो आउनु, टाउको दुख्नु, घाउ सजिलै निको नहुनु, मनमा बेचैनी हुनु मधुमेहका मुख्य लक्षणहरु हुन्। कोहि मानिसहरुमा यी लक्षणहरु देखा पर्दैन र पछि गएर मस्किस्तघात हुने, हृदयघात हुने, मिर्गौलाले काम गर्न छोडने र आखाँको ज्योति समेत जान सक्ने हुन्छ। त्यसैले समय समयमा आफ्नो शरीरको जाँच गरिराख्नु पर्दछ। चिनीरोग भन्नाले चिनी खानु हुदैन भन्ने होइन, शरीरमा चिनीको मात्रालाई सन्तुलनमा राख्नको लागि कहिले कहिँ मधुमेह बिरामीले चिनीको प्रयोग गरेर यसलाई सन्तुलनमा राख्न सक्छन्।
न्यूनीकरणका उपायहरु
जीवनशैलीमा परिवर्तन गर्ने, दैनिक ब्यायाम गर्ने, डाक्टरको सुझाव अनुअसार खानपानमा ध्यान दिने र औषधी लिने, शरीरको समय समयमा जाँच गर्ने, र शरीरलाई मोटोपन हुनु नदिनेहो भने मधुमेहलाई न्यूनीकरणमा राख्न सकिन्छ।
मधुमेह रोगको उपचारका लागी धेरै किसिमका औषधिहरु सेवन गर्न सकिन्छ तर धेरै औषधिहरु भएता पनि लगातार सेवनले शरीरमा थुप्रै अन्य असरहरु देखाएको पाइएको छ । त्यसैले यसको विकल्पको लागी हामीहरुले जडिबुटीहरू प्रयोग गर्न सक्छौँ जस्को असरहरु न्यूनरुपमा देखा पर्छन् ।
नेपालमा मधुमेहकोलागि थुप्रै जडिबुटीहरूमा अनुसन्धान भईराखेका छन् र कतिपय अनुसन्धानमुलक पनि भएका छन्। विगतका अनुसन्धानका अनुसार, लगभग ४१० प्रयोगात्मक रूपमा प्रमाणित औषधीय वनस्पतिहरू छन् जसमा एन्टि-डाइवेटिक (Anti-daibetic) गुणहरू छन्। ति मध्ये केवल १०९ बिरुवाहरूको पूर्ण संयन्त्र अध्ययन गरिएको छ। यी बिरुवाहरू परम्परागत रूपमा विभिन्न आदिवासीहरूले विभिन्न रोगहरूको उपचारको लागि प्रयोग गर्दै आएको पाईन्छ।
जडीबुटीले कसरी काम गर्छ ?
चिकित्सीया रूपमा महत्त्वपूर्ण फाइटोकेमिकल्सको (Phytochemicals) उपस्थितिको कारणले विभिन्न रोगहरूको उपचारमा वनस्पतिहरूमा ठूलो सम्भावना छ। परम्परागत बिरुवाहरूमा कुनै नकारात्मक साइड इफेक्ट बिना महत्त्वपूर्ण एन्टि-डाइवेटिक गुणहरू देखाइएको छ। तिनीहरूमा फ्लाभोनोइड्स (Falvonoids), एल्कालोइड्स (Alkaloids), फिनोलिक्स (Phenolics) र ट्यानिन्स (Tannins) जस्ता एन्टि-डाइवेटिक यौगिकहरू उच्च हुन्छन्, जसले इन्सुलिन स्राव बढाएर वा आन्द्रामा ग्लुकोज अवशोषण घटाएर अग्नाशयको तन्तु दक्षता सुधार गर्दछ। फार्माकोलॉजिकल (Pharmacological) अध्ययनहरूले तिनीहरूको हाइपोग्लाइसेमिक (Hypoglycemic), एन्टि-हाइपरग्लाइसेमिक (Anti-hyperglycemic), र एन्टि-लिपिडेमिक (Anti-lipidemic) गुणहरू रिपोर्ट गरेको छ। त्यसैले जब बिरुवामा पाउने उचित खुराकहरूको उपयोग गर्न सकियो भने मधुमेह सँग सम्बन्धित विभिन्न जटिलताहरूलाई कम गर्न लाभदायक हुन सक्छ।
जडिबुटीलाई कसरी प्रभावकारी बनाउने ?
नेपालमा ६९० भन्दा बढी बिरुवाहरु औषधीमुलक गुणहरुले भरिपूर्ण छन् भन्ने कुरा अनुसन्धान मार्फत देखाएको छ। वैज्ञानिक तथ्यबिनानै परम्परागत देखि जडिबुटीहरुलाई मधुमेह प्रतिरोधीको रुपमा प्रयोग गरिदै आएको देखिन्छ। आजसम्म यसबारेमा भएको अनुसन्धानको समिक्षा गर्नेहो भने धेरै लेखहरुमा मधुमेह प्रतिरोधी गुण भएका जडिबुटीहरुको रसायनिक प्रकृयाबारे रिपोर्ट गरिसकको पाइन्छ। कृत्रिम औषधी को उपयोग भन्दा जडिबुटीको उपयोगनै प्रभावकारी रहेको अनुसन्धानले पुष्टिगरिसकेको छ। परम्परागत ज्ञानको सही उपयोगको लागि सहि बुझाई र सहि अनुसन्धानलाई वैज्ञानिक विधिबाट लैजानेहो भने मधुमेहलाई सजिलै निर्मुल गर्न सकिन्छ। बिरुवाहरुको विभिन्न भागहरु जस्तै जरा, बोक्रा, पात, बियाँ, फुल, फल र विरुवाको कलिलो मुनाहरुको धुलो वा झोल बनाइ तोकिएको मात्रामा सेवन गर्नेहो भने मधुमेह सजिलै निर्मुल हुन्छ तर यसको सहिमात्रा र सहिउपयोग गर्न सकिएन भने जडिबुटीहरुले विषात्त रुपलिन पनि सक्छन्।
जडिबुटीहरुलाई कसरी प्रयोग गर्न सकिन्छ ?
वैदिक समयकाल देखिनै नेपालको हिमालयक्षेत्रलाई मूल्यवान जडिबुटीहरुको स्रोतको रुपमा चिनिदैआएको छ। हिमालीक्षेत्र सँगसँगै पहाडी र तराईक्षेत्रमा पनि मधुमेह प्रतिरोधी जडिबुटीहरु उतिकै रुपमा पाउन सकिन्छ।
अनुसन्धानकर्ताहरुले नेपालका विभिन्न क्षेत्रमा भएका बिरुवाहरुको सङ्कलनगरी मधुमेह प्रतिरोधी गुणहरुको अनुसन्धान गरिरहेका छन् र यस सम्बन्धि धेरै लेखहरु पनि प्रकाशित भैसकेका छन्। जडिबुटी सेवनले तेस्मा पाउने तत्वले हामीले खाएको खानालाई चिनीको कर्णमा पुराउन सहयोग गर्ने इनजैम्सलाई (अल्फा एमाइलेज (Alpha amylase) र अल्फा ग्लुकोसिडेज (Alpha glucosidase)) कम गरी शरीरमा चिनीको मात्र सन्तुलनमा राख्छ। हालसम्म प्रकाशित लेखहरुको समिक्ष्या गर्नेहो भने थुप्रै जडिबुटीहरुमा पाउने तत्वले शरीरमा भएको चिनीको मात्रा सन्तुलन गर्छन् भन्ने कुरा पुष्टी गरेको छ।
चुत्रो : १९९८ मा हाइपोगलाइसेमियाको कारणले पहेलो पटक मधुमेह बिरामीलाई पखाला रोक्नुको लागि चुत्रो खान दिएको थियो। ५०० मिलिग्राम/ केजी खुराकले शरीरमा भएको चिनीको मात्रालाई कम गर्नको लागि अल्फा ग्लुकोसाइडेस उत्पादनमा कमी लिई शरीरमा चिनीको मात्र सन्तुलनमा राख्छ। रातभर चुत्रोको जरालाई पानीमा भिजाई अर्को दिन त्यो पानी दिनमा दुइ पटक पिउनेहो भने मधुमेहलाई सन्तुलनमा राख्न सकिन्छ।
सिसनो : सिसनोको मुन्टालाई सुकाएर धुलो बनाई खानेहो भनेपनि मधुमेहलाई सन्तुलनमा राख्न सकिन्छ। लेख अनुसार सिसनुमा पाइने अल्फा सिटोस्टेरोल (Alpha sitosterol) र बिटा सिटोस्टेरोल (Beta sitosterol) शरीरमा भएको चिनीलाई सहि मात्रा निर्देशित गर्दछ।
अधुवा : अधुवालाई झोल बनाई सेवन गर्नाले मधुमेह कम हुन्छ। लेख अनुसार अनुसन्धनकर्तहरुले मानिसमा र जनावरमा अनुसन्धान गर्दा अधुवामा पाउने फेनोलिक तत्वले शरिलाई चाहिने इन्सुलिनको मात्रा बढाई चिनीको मात्रालाई सन्तुलनमा राख्छ भन्ने कुरा पनि पुष्टी गरेको छ।
पारिजात : पारिजातको मुन्टा वा फुललाई झोल बनाएर पानीसँग मिसाई खान सकिन्छ। पारिजातमा पाइने फ्लाभोनोइड्स, ट्यानिन्स, बिटा सिटोस्टेरो आदि जस्ता तत्वले शरीरमा भएको चिनीको मात्रालाई कम गराउन्छ। भिंडी :
भिंडीमा पाइने फ्लाभोनोइड्स, फिनोलिक्स, भिटामिन, पोलीसर्कराइड्स (Polysaccharides), ट्यानिन्स जस्ता तत्वले मधुमेहलाई निर्मुल पारी शरीरमा बोसो शोषितबाट पनि रोक लगाउन्छ। खाली पेटमा भिंडीको झोल बनाएर खाएमा यसले रगतमा चिनीको मात्र कम गराउन्छ।
मेथी : मेथीको बियाँलाई पानीमा भिजाएर र पातलाई सब्जीको रुपमा खाएमा कार्बोहाइड्रेट (Carbohydrate) पाचनको लागि चाहिने इन्जाइमहरु उत्पाधनको लागि रोक लगाउन्छ। मेथिमा पाइने स्यापोनिन्स (Saponins), ४-हाईड्रोओक्सी आइसोलिउसिन (4-hydroxy isoleucine) र ट्रीगोनेल्लिनले (Trigonelline) इन्सुलिनको मात्रा बढाई रगतमा चिनीको मात्रामा कम गराई मधुमेहलाई सन्तुलनमा राख्छ।
लप्सी : लप्सीमा पाइने फिनोलिक्स तत्वले इन्जाइमहरुको उत्पादनमा कमी ल्याइ शरीरमा चिनीको मात्रालाई सन्तुलनमा राख्छ।
गुर्जो : फ्लाभोनोइड्स, एल्कालोइड्स, र ट्यानिन्स जस्ता तत्वले शरीरमा चाहिने इन्सुलिनको मात्र बढाएर चिनीको मात्र लाई सन्तुलनमा राख्छ त्यसैले गुर्जोको प्रयोग मधुमेहको लागि पनि प्रभावकारी हुन्छ।
लाकुरी : बोक्रामा पाइने फ्लाभोनोइड्स, एल्कालोइड्स, कैरोटीनयड (Carotenoids), ग्ल्यीकोसीडेस (Glycosidase) र टरपेनोइड्सले (Terpenoids) इन्जाइमहरुको मात्रालाई कम गराउन्छ। त्यसैले लाकुरीको बोक्रा पनि मधुमेह बिरामीका लागि उपयोगी छ।
कुरिलो : कुरिलोको पात, काण्ड, मुन्टा र जरामा पाउने फ्लाभोनोइड्स, एल्कालोइड्स, स्यापोनिन्स (Saponins) आदि तत्वले पनि रगतमा भएको चिनीको मात्रालाई कम गर्छ जसलाई झोल बने उपयोग गर्न सकिन्छ। धोबिनी : फ्लाभोनोइड्स, टरपेनोइड्स, स्टेरोइड (Steroids), ग्लाक्टोसाइड (Galactoside) आदिले शरीरलाई चाहिने इन्सुलिनको उत्पादन र त्यसको प्रयोगको मात्रा बढाउन्छ त्यसको लागि धोबिनीको जराको उपयोग गर्न सकिन्छ।
बेल :बेलको पातमा पाइने फ्लाभोनोइड्स, सिस्टेरोल (Sisterol), गल्याटोसाइडले पनि मदुमेहलाई कम गराउन्छ।
प्याज : फेनोलिक, फ्लाभोनोइड्स, सिस्टेरोल जस्ता तत्व प्याजको बिरुवामा पाउन्छ जसले शरीरको इन्सुलिन मात्राको उत्पधनमा बृधि गराई रगतमा चिनीको मात्रालाई कम गराउन्छ।
नीम : पात र बियाँमा पाइने फ्लाभोनोइड्स,टरपेनोइड्स, र ग्ल्यीकोसीडेसले (Glycosidase) तत्वले सहि मात्राको सेवन अनुसार शरीरमा भएको चिनीको कर्णलाई कम गराएर मधुमेह सन्तुलनमा राख्छ।
चुकन्दर : एन्थोसायनिन्स (Anthocyanins), बिटानिन्स (Betanins), फ्लाभोनोइड्स र फेनोलिक तत्वहरु चुकन्दरमा पाउन्छ जसको सेवनले रगतमा चिनीको मात्रलाई कम गराउन्छ।
दालचीनी : दालचीनीको बोक्रामा पाउने पोलीफेनोलिक (Polyphenolic) र ट्यानिन्स तत्वले पनि मधुमेहलाई सन्तुलनमा राख्छ।
तुलसी(पात), अनार(फुल), जामुन(पात, बियाँ), किम्बु(बोक्रा, पात), तिते करेला(फल), कुभिन्डो(फलको बोक्रा र बियाँ), लसुन(बिरुवा), अम्बा(पात, फल र मुन्टा), तिते पति(पात), असुरो(पात), पाखन्बेद(बिरुवा), पाँचौले(बिरुवा), हर्रो(फल), बर्रो(फल), लालिगुँरास(फुल), साल(बियाँ), सिप्लिकन(पात), कोइरालो(फुल), अकबरेखुर्सनी(फल), सिमली(बिरुवा), निलो गन्धे(बिरुवा), भुइअमला(फल), दतिवन(बिरुवा),यार्सागुम्बा(बिरुवा), सिलटिमुर(फल), सेतक चिनी(जरा), बोजो(पात), टिमुर(फल), तेजपात(पात), भ्याकुर(जरा), सौर(बोक्रा), अजम्बरी(पात), बिमिरो(बियाँ), निबुवा(बोक्रा), कर्कलो(पात), कुश( बिरुवा), पीपल(पात), सिरु(जरा), ओखर(पात), पुदिना(पात), चिराइतो(बिरुवा) आदि जस्ता बिरुवाहरुलाई मधुमेह प्रतिरोधिको लागि जडिबुटीको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा अनुसन्धानबाट पनि पुष्टी भएको छ।
एलोपैथिकतिर ढल्कदै गरेको हाम्रो बुझाइ, परम्परागत देखिने ’प्रयोग हुदै आएका जडिबुटीहरुलाई अध्यात्मिक र भौतिक रुपमा महत्वपूर्ण छन् भन्ने कुरा आजको युवाहरुले बुझनु र बुझाउनु जरुरी छ। नेपालमा पाइने यस्ता विभिन्न जडिबुटीहरुको सहि पहिचान गरि तत्काल अन्वेषण गर्नेहो भने, अब आउने पिडिलाई वैदानिक विधिबाट मात्रनभई अनुसन्धान मार्फत वैज्ञानिक विधीबाट पनि मधुमेह निर्मुल पार्न सकिन्छ भन्ने कुरा बुझाउन सकिन्छ।
स्थानीय सरकारले आफ्नो ठाउँमा पाउने जडिबुटिहरुलाई सहि नीति र नियम बनाई त्यसको संरक्षण र महत्वो बुझाउन सक्यो भने सबैको लागि लाभदायक हुन सक्छ। आफ्नै घर वरिपरि पाउने जडिबुटीको सही प्रयोग मधुमेह बिरामीले सजिलै गर्न सक्छ। यी बिरुवाहरुको उपयोग सँगसँगै विभिन्न खानेकुराको सही मात्राको प्रयोग, दैनिक शारीरिक ब्यायाम, मेडिकल जाँच गर्नेहो भने मधुमेह सजिलै न्यूनीकरण गर्न सकिन्छ।
लेखक त्रिभुवन विश्वविद्यालय,
रसायनशास्त्र केन्द्रीय विभागमा कार्यरत हुनुहुन्छ ।