महेन्द्रनगर । नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स तोडफोड भएको छ ।
नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स र बडिमालिका नगरपालिकाको डिजेल बोर्डमाथी तोडफोड भएको प्रहरीले जनाएको छ ।
बाजुरा जिल्ला प्रहरीका अनुसार उक्त तोडफोडमा नेपाली काँग्रेसका कार्यकर्तालाई पक्राउ गरिएको छ ।
गएराती काँग्रेसका कार्यकर्ताले मतदान स्थलमा एम्बुलेन्समाथी ढुंगाप्रहार र डिजेल बोर्ड तोडफोट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुइजनालाई नियन्त्रणमा लिइएको जनाएको छ । तोडफोडमा संलग्न गोरख राउले र विरेन्द्र ऐरीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाही अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेपाली काँग्रेसका कार्यकर्ताले चुनावको सन्दर्भलाई लिएर एम्बुलेन्सलाई तोडफोड गरेका हुन् ।