• सोमबार, १५ भदौ २०८३
  • images

      नोभा जेनेटिकाले उत्पादन गरेको औषधि गुणस्तरहीन

      नोभा जेनेटिकाले उत्पादन गरेको औषधि गुणस्तरहीन

    बजारबाट फिर्ता गर्न निर्देशन

    हेल्दीखबर
    आइतबार, भदौ १२ २०७९
    हेल्दीखबर
    आइतबार, भदौ १२ २०७९
      नोभा जेनेटिकाले उत्पादन गरेको औषधि गुणस्तरहीन

     काठमाडौं । औषधि व्यवस्था विभागले धादिङको  खानिखोला नौबिसेस्थित नोभा जेनेटिका प्रा.लि.ले उत्पादन गरेको जिन्कोमिन–डीटी नामको औषधि गुणस्तरहिन पाइएकोले  विक्रिमा रोक लगाएको छ।
     उक्त औषधि गुणस्तरहीन पाइएकोले बिक्रीवितरण तथा बजारबाट पनि फिर्ता पठाउन निर्देशन दिएको हो। विभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएकामध्य नोभा जेनेटिका प्रा.लि.ले उत्पादन गरेका औषधिको  नमुना परीक्षण गर्दा  मापदण्ड पूरा नभएको पाइएको विभागले जानकारी दिएको छ । 

    विभागले सूचना जारी गरी 
    ब्याच नम्बर ZDT2-28 को उक्त औषधि बजारबाट फिर्ता गर्न र किनबेच नगर्न  व्यवस्था आग्रह गरेको छ । हेर्नुस् विभागको सूचना: 5252117adcd42fc513abc64fe2d05a61.jpeg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार