• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा हालसम्म ५४ हजार बालबालिका कोरोना संक्रमित , ८१ जनाको मृत्यु

    नेपालमा हालसम्म ५४ हजार बालबालिका कोरोना संक्रमित , ८१ जनाको मृत्यु

    शुक्रबार, साउन १५ २०७८
    शुक्रबार, साउन १५ २०७८
    नेपालमा हालसम्म ५४ हजार बालबालिका  कोरोना संक्रमित , ८१ जनाको मृत्यु

     काठमाडौं ।
     नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघेको छ ।

    पहिलो लहरमा २१ हजार ५२३ जना बालबालिका संक्रमित हुँदा दोस्रो लहरमा ३२ हजार ९३७ बालबालिका संक्रमित भएका छन् । डा. उपाध्यायका अनुसार दोस्रो लहरमा संक्रमित भएका बालबालिकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायका अनुसार हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यो तथ्यांक साउन १३ गतेसम्मको हो ।

    कोरोना संक्रमणबाट पहिलो लहरमा ३८ र दोस्रो लहरमा ४३ जना गरी कुल ८१ जना बालबालिकाको मृत्यु भएको उहाले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार