• सोमबार, १५ भदौ २०८३
  • images

    बेलायतमा नर्स लगायतका स्वास्थ्यकर्मी लैजानका लागि ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

    बेलायतमा नर्स लगायतका स्वास्थ्यकर्मी लैजानका लागि ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

    शून्य लागतमा नर्स लगिने 

    हेल्दीखबर
    सोमबार, भदौ ६ २०७९
    हेल्दीखबर
    सोमबार, भदौ ६ २०७९
    बेलायतमा नर्स लगायतका स्वास्थ्यकर्मी लैजानका लागि ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर



    काठमाडौ । रोजगारीका लागि स्वास्थ्य क्षेत्रको जनशक्ति (नर्स) बेलायतमा लैजानको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। स्वास्थ्य क्षेत्रका जनशक्ति लैजाने विषयमा आज  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो। 
    समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्। रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन्। 
    बेलायतले पहिलो चरणमा १०० देखि २०० जना नर्स लैजाने सम्झौता भएको छ। उनीहरुले नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने मन्त्रालयले जनाएको छ। उनीहरुको तलब बेलायती स्वास्थ्यकर्मी सरह हुने भएको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । 

    स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी प्रक्रिया बमोजिम हुनेछ।

    नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा  मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने सम्झौतामा उल्लेख छ। 

    यस्तै विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने र  नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढिकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने सम्झौतामा उल्लेख छ। 

    परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने सम्झौतामा उल्लेख छ।  

    यी हुन् सम्झौतामा भएका  ८ बुँदा

    १। स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी  प्रक्रिया बमोजिम हुने।  

    २। नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा  मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने। 

    ३।  विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने। 

    ४। नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढिकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने।  

    ५। परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने।

    ६। नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने। 

    ७।   परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ती प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ती तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने । 

    ८। समझदारी पत्र,  नियुक्ती प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेवसाइट http://moless.gov.np/np/page/uk-health-careमा उपलव्ध हुने तथा थप जानकारीका लागि uknursing@moless.gov.np मा इमेल गर्न सकिने ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार