• सोमबार, १५ भदौ २०८३
  • images

    बेलायतमा नेपाली नर्स लैजाने निश्चित, सोमबार  सम्झौतापत्रमा हस्ताक्षर हुने

    बेलायतमा नेपाली नर्स लैजाने निश्चित, सोमबार  सम्झौतापत्रमा हस्ताक्षर हुने

    हेल्दीखबर
    आइतबार, भदौ ५ २०७९
    हेल्दीखबर
    आइतबार, भदौ ५ २०७९
    बेलायतमा नेपाली नर्स लैजाने निश्चित, सोमबार  सम्झौतापत्रमा हस्ताक्षर हुने

     काठमाडौं । बेलायतमा नर्स लैजानको लागि सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको हो। हालसम्म कति नर्स बेलायत पठाउने भनेर सार्वजनिक गरिसकेको छैन।

    केही समय अगाडि बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको थियो।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले सोही घोषणा अनुरूप नेपालबाट नर्स लैजानको लागि सोमबार  मन्त्रालयमा सम्झौता हुन लागेको जानकारी दिनुभयो। गत पुसमा दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वास्थ्य जनशक्ति (नर्स) पठाउने समझदारी भएको थियो।नेपालले रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने प्रस्ताव गरेको छ। रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताइएको थियो।  साथै उक्त छलफलमा नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजान आफू तयार भएको बेलायतले जनाएको थियो। 

    पछिल्लो समय सरकार नेपालबाट दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीको लागि नयाँ नयाँ  गन्तव्यको खोजीमा जुटेको छ। छनोट भएका नर्सले बेलायत गएपछि त्यहाँको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण  गर्नुपर्नेछ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार