• सोमबार, १५ भदौ २०८३
  • images

    १३ घण्टाको प्रसव ब्यथापछि जुम्ल्याहा शिशुको जन्म

    १३ घण्टाको प्रसव ब्यथापछि जुम्ल्याहा शिशुको जन्म

    हेल्दीखबर
    बुधबार, भदौ १ २०७९
    हेल्दीखबर
    बुधबार, भदौ १ २०७९
    १३ घण्टाको प्रसव ब्यथापछि जुम्ल्याहा शिशुको जन्म

    हुम्ला। हुम्लाको मैला स्वास्थ्य चौकीमा १३ घण्टाको प्रसव ब्यथापछि जुम्ल्याहा शिशुको जन्म भएको छ । हुम्ला ताँजाकोट गाउँपालिका–१ काँडा गाउँकी जनपुरा खड्काले १३ घण्टा लामो प्रसव ब्यथापछि जुम्ल्याहा शिशुको जन्म दिनुभएको हो ।  ताजाकाेट मैला स्वास्थ चौकीमा  साउन महिनामा ९ जना सुत्केरी भएका छन् ।  ब्यथाले छटपटिएको अवस्थामा उहाँलाई स्वास्थ्य चौकीमा ल्याईएको थियो । 
    स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले निक्कै लामो प्रयासपछि ब्यथा लागेकी खड्कालाई सुत्केरी गराउन सफल भएको बताउनुुभयो । खड्काको उपचारमा प्रसतुी गृहमा तालिम प्राप्त पाँच जना स्वास्थ्यकर्मी खटिनुभएको थियो । ढकालका अनुसार जुम्ल्याहा बच्चा भएको र लामो समय ब्यथा लागेकोले सुत्केरी गराउन कठिन भएको थियो ‘यसबीचमा सुर्खेतस्थित गाईनो चिकित्सकसँग पनि परामर्स लिएको थियो । हाल आमा र दुबै शिशुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।Baby jumlyaha.jpgScreenshot_20220817-103806_Facebook.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार