• सोमबार, १५ भदौ २०८३
  • images

    सुत्केरी भइसकेपछि शरीर सुन्निएकी महिलाको हेलिकोप्टरबाट उद्दार

    सुत्केरी भइसकेपछि शरीर सुन्निएकी महिलाको हेलिकोप्टरबाट उद्दार

    हेल्दीखबर
    बिहीबार , फागुन ५ २०७८
    हेल्दीखबर
    बिहीबार , फागुन ५ २०७८
    सुत्केरी भइसकेपछि शरीर सुन्निएकी महिलाको हेलिकोप्टरबाट उद्दार


    हुम्ला । एक जना सुत्केरी महिलाको हेलिकोप्टरद्धारा उद्दार गरिएको छ । 
    खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी २५ वर्षीया जानसा रावल सुत्केरी भएपछि शरीर सुन्निएर स्वास प्रस्वासमा समस्या आएपछि उद्दार गरिएको हो ।  सुत्केरी ब्यथा लागेको तीन दिनपछि सुत्केरी हुनुभएकी महिलाको हेलिकोप्टरबाट उद्दार गरिएको र सुत्केरीको घरमै बच्चा जन्मे पनि सुत्केरी महिलाको शरीर सुन्निन थालेपछि  हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

    स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमि सरिता बोहराले थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । बिहीबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।

    वरिष्ठ अनमी बोहराले बच्चा जन्मे पनि आमाको शरीर सुनिएको कारण जोखिम हुने देखिएपछि हेलिकोप्टरबाट उद्धार गर्नुपरेको बताउनुभयो । आमाको शरीर सुनिएको भए पनि शिशुको स्वास्थ्य सामान्य रहेको उहाँले बताउनुभयो ।

    राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकोप्टरको व्यवस्था गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार