• सोमबार, १५ भदौ २०८३
  • images
      निजी अस्पताल सञ्चालकको साधारणसभा

    अफिनको अधिकांश कार्यसमितिमा उपत्यका बाहिरका संचालक निर्वाचित,

    अफिनको अधिकांश कार्यसमितिमा उपत्यका बाहिरका संचालक निर्वाचित,

    अध्यक्षमा कास्की सेवा हस्पिटलका पदम खड्का अत्यधिक मतले विजयी  

    हेल्दीखबर
    आइतबार, साउन २९ २०७९
    हेल्दीखबर
    आइतबार, साउन २९ २०७९
    अफिनको अधिकांश कार्यसमितिमा उपत्यका बाहिरका संचालक निर्वाचित,

      काठमाडौँ । निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को अधिकांश पदाधिकारी उपत्यका बाहिरका अस्पतालका संचालकहरु निर्वाचित भएका छन् ।  अध्यक्षमा पनि कास्की सेवा अस्पतालका  डा. पदम खड्का अत्याधिक मत ल्याएर निर्वाचित हुनुभयो । 

    शनिबार भएको २२ औं साधारणबाट डा पदम खड्काले ७२ मत सहित अध्यक्षतामा निर्वाचित हुनुभयो। अध्यक्ष पदका अर्का प्रत्याशी यसअघि बरिष्ठ उपाध्यक्ष रहनुभएका अल्का अस्पतालका सञ्चालक कुमार थापाको मात्रै २१ मत आयो। 

    साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केअर अस्पतालका हरि प्रसाद रिजाललाई निर्वाचित गरेको छ । प्रदेश उपाध्यक्ष अन्तर्गत बागमती प्रदेशबाट प्रा श्यामकृष्ण जोशी नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, कर्णाली प्रदेशबाट भीमबहादुर गुरुङ, गुरुङ हस्पिटल प्रालि, सुदूरपश्चिमबाट गजेन्द्रबीर चन्द पद्मा अस्पताल प्रालि निर्वाचित हुनुभयो । 

    यस्तै लुम्बिनी प्रदेशबाट कौशिला मेमोरियल अस्पतालका चन्द्रबहादुर महतो, गण्डकी प्रदेशबाट तनहुँ सेवा अस्पतालका हरिवहादुर खड्का निर्वाचित भएका छन् ।

    महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँ  यसअघि पनि महासचिव हुनुहुन्थ्यो ।

    कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पतालकी स्वरूपा श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। श्रेष्ठ  यसअघि पनि कोषाध्यक्ष हुनुहुन्थ्यो।

    सचिवमा विजयपुर हस्पिटल प्रालिका पंकज खतिवडा निर्वाचित हुनुभएको छ।।
    सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पीटलका अर्जुन पौडेल, कैलाली हस्पिटलका जनकराज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलका रेनुका गुरुङ्ग, तुलसी बाल अस्पतालका डा किशोर खत्री, माया मेट्रो हस्पीटलका धिरेन्द्र, पर्वत कुश्मा हस्पीटलका सुशिल पौडेल निर्वाचित भएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार