• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    नवौं तहका रेडियोलोजिष्ट डाक्टर बर्खास्त

    नवौं तहका रेडियोलोजिष्ट डाक्टर बर्खास्त

    हेल्दीखबर
    शुक्रबार, साउन २७ २०७९
    हेल्दीखबर
    शुक्रबार, साउन २७ २०७९
    नवौं तहका रेडियोलोजिष्ट डाक्टर बर्खास्त

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका चिकित्सक ओमविजु पन्तलाई बर्खास्त गरेको छ । आज सूचना प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले पन्तलाई बर्खास्त गरेको हो।  कन्सलटेण्ट रेडियोलोजिष्ट डा.पन्तलाई स्वास्थ्य मन्त्रालयले सेवाबाट बर्खास्त गर्नका लागि यसअघि पनि  स्पष्टिकरण सोधेको थियोे  । 
    यसअघि सोधिएका स्पष्टिकरण र डा.पन्तले दिएको स्पष्टिकरण चित्तबुझ्दो जवाफ नआएको भन्दै मन्त्रालयले पटक - पटक  स्पष्टिकरण सोधेको थियो। 
    डा.पन्त विदा स्वीकृत नगराई २०७५ वैशाख २ गतेदेखि कोशी अस्पतालमा अनुपस्थित हुनुहुन्छ । पन्तलाई मन्त्रालयले भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो।  
    हेरौंसूचनाःScreenshot_20220812-064229_Chrome.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार