• सोमबार, १५ भदौ २०८३
  • images

    नवजात शिशुको ख्याल राख्ने तरिका

    नवजात शिशुको ख्याल राख्ने तरिका

    बिहीबार , साउन १४ २०७८
    बिहीबार , साउन १४ २०७८
    नवजात शिशुको ख्याल राख्ने तरिका


    काठमाडौँ ।
    धेरै दम्पतीलाई पहिलो शिशु हुर्काउन केही गाह्रो हुन्छ । उनीहरुसँग पर्याप्त अनुभव हुँदैन । भर्खर जन्मिएको बच्चालाई पर्याप्त निन्द्रा चाहिन्छ । उनीहरु एक दिनमा १६ घण्टासम्म आरम गर्न सक्छन् । तर, यत्तिका समयसम्म उनीहरु खाली पेट बस्न सक्दैनन् । तरल पदार्थले पेट भर्नुपर्ने हुँदा बारम्बार भोग लागिरहन्छ । जब पेट खाली हुन्छ, उनीहरु ब्यूँझन्छन् । त्यसैले बच्चालाई स्तनपान गराइरहनुपर्छ । यसका लागि आमाले पोषिलो वा झोलयुक्त खानेकुरा बढी नै सेवन गर्नुपर्छ ।
    नवजात शिशुको निन्द्रा चाडै खलबलिन सक्ने भएकाले उनीहरुलाई शान्त ठाउँमा सुताउने व्यवस्था गर्नुपर्छ । सकेसम्म गाडी वा अन्य आवाज नआउने ठाउँ उपयुक्त हुन्छ । साथै प्रदूषणबाट पनि मुक्त राख्नुपर्छ । वाहिरको चिसोले चाडै प्रभावित बनाउने हुँदा बच्चाको कोठाको तापमान मिलाउनुपर्छ । यद्यपी बच्चालाई न्यानो बनाउने चक्करमा धेरै गुम्साएर राख्नु हुँदैन । उनीहरुको छाला एकदमै संवेदनशिल हुने भएकाले वाह्य वातावरणले तुरुन्तै असर गर्न सक्छ ।
    पहिलो बच्चालाई स्तनपान गराउन कतिका लागि समस्या हुन्छ । अनुभव पनि हुँदैन । बच्चा जन्मिएपछिको २४ घण्टासम्म उनलाई ८ देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ । स्तनपान गराउने आमाले पनि सन्तुलित खाना खानुपर्छ । बच्चालाई छातीमा राखेर निप्पललाई ओंठमा स्पर्श गराउनुपर्छ । बच्चाले मुख खोलेपछि विस्तारै स्तन दबाउनुपर्छ । बच्चाले राम्ररी दुध चुस्न सकेन भने विस्तारै अभ्यस्त गराउनु पर्छ । शिशुलाई भोग लागिरहन्छ । साथै दिसापिसाब पनि गरिरहन्छ । दिसा पिसाब गरेपछि बच्चाको कपडा परिवर्तन गरिहाल्नुपर्छ । एक दिनमा ६–८ वटा डाइपर परिवर्तन गर्नुपर्ने हुन्छ ।
    दिशा गरेको अवस्थामा मनतातो पानी कपासमा डुबाउँदै सफा गरिदिनुपर्छ । बच्चालाई दिनमा केहि घण्टा डायपर बिना नै रहन दिनुपर्छ ।नवजात शिशुको सरसफाईमा विशेष ख्याल गर्नुपर्छ । नुहाइदिन गाह्रो हुन्छ । बच्चा जन्मिएको पहिलो साता स्पन्जले बिस्तारै उसको शरीर सफा गरिदिनुपर्छ । एकपटक गर्भनाल निस्किएपछि नियमित रुपले हप्तामा दुई पटक वा तीन पटक नुहाइदिनुपर्छ । नुहाइदिनका लागि तातो पानी प्रयोग गर्नुपर्छ ।


    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार