• आइतबार, ८ कात्तिक २०८३
  • images

    आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

    आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

    हेल्दीखबर
    आइतबार, साउन १ २०७९
    हेल्दीखबर
    आइतबार, साउन १ २०७९
    आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

     काठमाडौं । आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ।काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी यो ब्यबस्था  लागू गरेको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गरि छुट्याउनुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।

    त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ।  कुहिने र नकुहिने फोहोर एकैसाथ राखे कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाका कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले फोहोरको सहज सङ्कलन तथा व्यवस्थापनका लागि साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गर्ने ब्यबस्था गरिएको बताउनुभयो ।

    images

    उहाँका अनुसार महानगरले हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको सङ्कलन र व्यवस्थापन गरिनेछ ।उहाँले आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने  जानकारी दिनुभयो । विभाग प्रमुख राईका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवानासमेत गरिनेछ ।

    महानगरले कुहिने फोहोरलाई सकेसम्म कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रिय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्नसमेत महानगरले आग्रह छ । त्यसैगरी प्लास्टिकको झोलाको सट्टा कपडा वा जुटको झोला प्रयोग गर्नसमेत महानगरले सबैसँग आग्रह गरेको छ । यसैबीच काठमाडौं महानगरपालिकामा प्रमुख बालेन शाहले फोहोर व्यवस्थापनलाई सहज बनाउन कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ब्यबस्थापन गर्न लागेको बताउनुभयो । शाहले एकैछिनको सजिलोका लागि हामीले फोहोर मिसाउने गर्दा निकै समस्या परेको बताउनुभयो । 

     फेसबुकमा पोस्ट गर्दै महानगर प्रमुख शाहले साउन १ गतेबाट फरक सुरुवात गर्न लागेको जानकारी दिनुभएको छ । उहाँका अनुसार आजबाट कुहिने र नकुहिने फोहोर संकलन गर्न छुट्टा–छुट्टै दिन गाडी आउनेछन् । 

    फोहोर व्यवस्थापन गर्न नसक्दा यसकै कारण धेरै व्यक्तिहरु रोगी भएकाले उहाँको भनाइ छ । 

    ‘हामीले उत्पादन गरेको फोहोरको कारण मानिसहरु रोगी र लगभग नारकी जीवन भोगिरहेका छन्’ शाहले भन्नुभएको छ,  ‘यसलाई रोक्ने जिम्मेवारी तपाई हाम्रै हो ।’

    फोहोर छुट्याउन झन्झट नमान्न र महानगरको योजनामा सहयोग गर्ने शाहले आग्रह गर्नुभएको छ । 

    महानगरका कतिपय ठाउँमा भने असार २५ बाटै कुहिने र नकुहिने फोहोर छुट्याएर उठाउन थालिएको छ । Screenshot_20220717-072038_Lite.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार