• शनिबार, ७ कात्तिक २०८३
  • images

    अझै उठेन काठमाडौंको फोहोर, स्वास्थ्यमा गम्भीर समस्या

    अझै उठेन काठमाडौंको फोहोर, स्वास्थ्यमा गम्भीर समस्या

    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    अझै उठेन काठमाडौंको फोहोर, स्वास्थ्यमा गम्भीर समस्या


    काठमाडौँ  । काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । यसले गर्दा स्वास्थ्यमा समेत गम्भीर असर पर्ने चेतावनी विज्ञहरुले दिएका छन् । दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण अहिले फोहोर व्यवस्थापन रोकिएको छ ।  
    वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले फोहोरको फोहोरको डंगुरबाट ढल,पानीको पाइप,मलमुत्र हुँदै मानिसको भान्षासम्म किटाणु पुगेको अवस्थामा हैजा फैलनसक्ने भएकोले काठमाडौंमा रहेको फोहोरलाई सरकारले गम्भीर ढंगले व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले फोहोरमा भएको किटाणु मानिसमा सरेपछि मानिसबाट अन्य मानिसमा सर्न समय नलाग्ने भन्दै सरुवा रोगको प्रकोपको अवस्था नआउनलाई सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भाइरस या किटाणु बिभिन्न माध्यमबाट मानिसको शरिरमा प्रवेश गरेमा सरुवा  रोग लाग्ने भन्दै उहाँले फोहोरमा भएका जिवाणुले सरुवा रोगलाई बढवा दिने बताउनुभयो । दुषित खाना या पानीबाट मानिसमा सरुवा रोग लाग्ने भन्दै उहाँले हेपाटाइटिस  ए र इ भाइरस जुन दुषित खाना र पानीमा बस्ने र ती जिवाणु शरिरमा प्रवेश गरेमा पनि हेपाटाइटिस सार्ने सम्भावना रहने बताउनुभयो ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार