काठमाडौं ।
पछिल्लो दिनमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ । आज थप ३४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार २७२ नमूना परीक्षण गराउँदा ३४ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ। पछिल्लो २४ घन्टामा १२ हजार २४० नमूनाको पीसीआर र ५ हजार ३२ जनामा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमा २३ सय ९१ जनामा पीसीआरबाट र १ हजार ३० जनामा एन्टिजेन विधिबाट संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घन्टामा थप १६ सय ८६ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ। मन्त्रालयका अनुसार आज कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ।