• सोमबार, १५ भदौ २०८३
  • images

    रुपन्देहीमा भाइरल ज्वरोका बिरामी बढ्दै

    रुपन्देहीमा भाइरल ज्वरोका बिरामी बढ्दै

    सोमबार, साउन ११ २०७८
    सोमबार, साउन ११ २०७८
    रुपन्देहीमा भाइरल ज्वरोका बिरामी बढ्दै


    काठमाडौँ ।
    वर्षा याममा  धेरै मानिसहरुलाई रुघा, खोकी, ज्वरो जस्ता लक्षणहरु सताइरहेको छ । अस्पतालहरुमा पनि केही दिन यता यस्तै लक्षण भएका विरामीहरुको संख्या निकै बढेको छ। बैशाख र जेठ महिनामा कोभिड १९ को संक्रमण तिब्र रुपमा फैलिएको थियो । त्यसको असर अहिले पनि समाजमा छ । रुपन्देहीमा दैनिक औषत ३० देखी ४० जनाको हाराहारीमा कोरोना संक्रमण देखिएको छ । रुघाखोकी ज्वरो आउँदा धेरैले कोभिडको आंसका पनि गर्ने गरेका छन्। तर यस्ता लक्षण देखिएका धेरैलाई कोभिड भने भइहालेको छैन। यो भाइरल ज्वरो भएको चिकित्सकहरुले बताएका छन्। 
    लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले पछिल्लो एक हप्ता यता भाइरल ज्वरोका विरामी बढेका बताउनुभएको छ । रुघाखोकी र ज्वरोको समस्या कोरोना संक्रमण र भाइरल दुबैमा देखा पर्ने लक्षण हो । तर लक्षणको अवस्था भने केही फरक हुने लुम्बिनी प्रादेशिक अस्पतालकाका कोरोना फोकल पर्सन समेत रहेका डा. पाठक बताउँछन् । ‘सामान्य भाइरलमा ३ दिन जति बढी नै सताउँछ । त्यसपछि घट्दै गएर ५ दिनपछि ठीक हुँदै जान्छ।’ ‘कोभिडको ठीक उल्टो हुन्छ । सुरुको ३ दिन जति खासै केही लक्षण देखिँदैन । चौथो, पाँचौ दिनबाट ९–१० दिनसम्म असर बढी देखिँदै जान्छ।’
    कोभिड भएकाहरुमा जिउ दुख्ने समस्या बढी हुन्छ। भाइरलमा त्यो समस्या कम हुने डा. पाठकले बताउनुभयो  । कोरोना संक्रमण हुँदा बास्ना र स्वाद पनि हराउने गर्दछ । ‘भाइरल भएर रुघा लागेकाहरुलाई पनि बास्ना हराउने समस्या हुन्छ । असार लागेपछि केही घटेको कोरोना संक्रमणदर पछिल्लो समय फेरि बढ्न थालेको छ । अहिले कोरोनाको परिक्षण हुन छाडेकाले लक्षण नदेखिएका तर कोरोना पोजेटिभ भएका धेरै जना समाजमा हुन सक्छन् । त्यस्ता संक्रमितलाई भाइरल भयो भने थप सताउन सक्छ ।
    त्यसैले भाइरलको लक्षण देखिँदा पनि सचेत हुन र पिसिआर परिक्षण गराउन बरिष्ठ फिजिसियन डा. नन्दु पाठकको सुझाव छ । ‘सुरुमा रुघा, खोकी, ज्वरोदेखीएमा आफूलाई कोभिड भयो भनेर सोँच्नुपर्छ। अनि आफूलाई आइसोलेट गरिसक्नुपर्छ 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार