• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य राज्यमन्त्री विमला वलीको विषय बुझ्न छानविन टोली दाङ जाँदै

    स्वास्थ्य राज्यमन्त्री विमला वलीको विषय बुझ्न छानविन टोली दाङ जाँदै

    हेल्दीखबर
    मंगलबार, असार ७ २०७९
    हेल्दीखबर
    मंगलबार, असार ७ २०७९
    स्वास्थ्य राज्यमन्त्री विमला वलीको विषय बुझ्न छानविन टोली दाङ जाँदै


    काठमाडौ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीको विषयमा छानविन गर्न प्रदेश सरकारले गठन गरेको मन्त्रीस्तरीय छानबिन टोली बुधबार घटनास्थल दाङ जाने भएको छ ।
    तुलसीपुर उपमहानगरपालिका– ५ मा एकराज बस्नेतको घरमा गएर राज्यमन्त्री वलीले एकराजकी श्रीमति र छोरीलाई कुटपिट गर्नुभएको थियो । 
    लुम्बिनी प्रदेश सरकारले असार १ गते सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलक राम शर्माको नेतृत्वमा बनाएको सत्य तथ्य छानबिन टोलीले बुधबार तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको परिवारसँग घटनाको बारेमा बुझ्ने छ । छानबिन टोलीका संयोजक शर्माले एक चरण राज्यमन्त्री विमलासँग बुझ्ने काम भएको र घटनामा अर्को पक्ष बस्नेत परिवारसँग बुझ्न बुधबार  दाङ जाने बताउनुभएको छ । 
    राज्यमन्त्री वलीले जेठ  ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित बस्नेतको घरमा पुगेर एकराजकी श्रीमति तथा छोरीमाथि दुव्र्यवहार तथा कुटपिट गरेको आरोप लागेको छ । 

    सरकारी छानबिन टोलीका सदस्यमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी हुनुहुन्छ ।  छानबिनका लागि कार्यदललाई १५ दिनको समय दिइएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार