बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ। वलीले मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन्। लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै उनलाई तत्काल बर्खास्त गर्न माग गर्नुभयो ।
स्थानीयको सूचनापछि पुगेको प्रहरीले महिलामाथि कुटपिट गरेको भन्दै उहाँलाई नियन्त्रणमा लिएको थियो।
श्रीमानको प्रेमिकाबाट कुटिएकी बस्नेतले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिनुभएको छ ।