दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलामाथि कुटपिट तथा हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।
बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘स्वास्थ्य राज्य मन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पोइखोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताउनु भएको छ ।