• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    मुगुमा बस दुर्घटना हुँदा  २८ जनाको मृत्यु

    मुगुमा बस दुर्घटना हुँदा  २८ जनाको मृत्यु

    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    मुगुमा बस दुर्घटना हुँदा  २८ जनाको मृत्यु

    मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जनाको मत्यु भएको छ ।

    मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम  गमगढी जाँदै गरेको  भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा  दुर्घटना हुँदा  ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको जानकारी दिनुभयो । यसअघि २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
    त्यस्तै दुर्घटनामा परी घाइतेमध्ये १५ जनालाई नेपाली सेना र समिट एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको उहाँले बताउनुभयो । साथै एक जनाको मुगु अस्पतालमै उपचार भइरहेको छ ।

    images

    घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार