• सोमबार, १५ भदौ २०८३
  • images

    असोजसम्म १ करोड र चैतसम्म ३ करोड डोज खोप लगाउने स्वास्थ्य मन्त्रालयको लक्ष्य

    असोजसम्म १ करोड र चैतसम्म ३ करोड डोज खोप लगाउने स्वास्थ्य मन्त्रालयको लक्ष्य

    सोमबार, साउन ११ २०७८
    सोमबार, साउन ११ २०७८
    असोजसम्म १ करोड र चैतसम्म ३ करोड डोज खोप लगाउने स्वास्थ्य मन्त्रालयको लक्ष्य

     
    काठमाडौँ ।
    सरकारले असोजसम्म कोरोनाविरुद्धको थप १ करोड डोज खोप ल्याउने भएको छ।  त्यस्तै आगामी चैतसम्म तीन करोड डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। संघीय प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी चैतसम्म तीन करोड डोज खोप ल्याउने जानकारी दिनुभएको हो । 
    उहाँका अनुसार असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप आउनेछ। त्यसमा कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप १६ लाख भदौ पहिलो साता नेपाल आउनेछ भने भदौकै चौथो साता कोभ्याक्सबाटै ३ लाख ४८ हजार मात्रा खोप नेपाल आउनेछ। 
    त्यस्तै वैदेशिक अनुदानबाट चीन सरकारले दिने १६ लाख डोज खोप साउनकै अन्तिम हप्ता आइसक्ने उहाँले समितिलाई जानकारी दिनुभएको छ । त्यस्तै खरिद गरेर कोभिसिल्ड खोप भारतबाट ल्याउन बाँकी १० लाख भदौकै दोस्रो साता नेपाल आउनेछ। सचिव अर्यालले असोजदेखि चैतसम्म थप ३ करोड २३ लाख मात्रा खोप ल्याइने बताउनुभयो ।
    सरकारले कुल जनसंख्याको ७.२ प्रतिशत पहिलो प्राथमिकतामा रहेका २ करोड १५६ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्षसम्मका ४९ लाख गरी जम्मा २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेको छ। यसअनुसार असोज मसान्तसम्म ३.३ प्रतिशत र चैत महिनाभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य राखेको सचिव अर्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार १२ वर्षदेखि माथिका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्रापत गर्ने प्रक्रिया अगाडि बढेको छ। 

    हालसम्म नेपालले ९७ लाख ८२ हजार ५ सय ५० मात्रा खोप प्राप्त गरिसकेको छ। त्यसमा कोभ्याक्स सुविधाबाट जम्मा १८ लाख ८२ हजार ८ सय ५० मात्रा प्राप्त भएको छ। यसमा कोभिसिल्ड ३ लाख ४८ हजार, जानसेन १५ लाख ३४ हजार ८ सय ५० डोज समावेश छन्। 


    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार