• सोमबार, १५ भदौ २०८३
  • images

    अन्तर्राष्ट्रिय अवार्डको लागि टेकु अस्पताल मनोनयन

    अन्तर्राष्ट्रिय अवार्डको लागि टेकु अस्पताल मनोनयन

    हेल्दीखबर
    शुक्रबार, जेठ २७ २०७९
    हेल्दीखबर
    शुक्रबार, जेठ २७ २०७९
    अन्तर्राष्ट्रिय अवार्डको लागि टेकु अस्पताल मनोनयन


    काठमाडौं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्र्तराष्ट्रिय अवार्डका लागि मनोनयनमा परेको छ । 
    कोरोना महामारीमा उत्कृष्ट काम गरेको भन्दै नेपाल सरकारले टेकु अस्पताललाई अन्र्तराष्ट्रिय अवार्डका लागि मनोनयन गरेको हो । 
     ‘प्रिन्स महिडोल अवार्ड २०२२’ को लागि नेपालबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल  सिफारिस  गरिएको हो । थाइ राजकुमारको नाममा स्थापित उक्त अवार्डका लागि कोरोना महामारीमा राम्रो सेवा सुविधा उपलब्ध गराई उत्कृष्टता प्रदान गरेको भन्दै टेकु अस्पताललाई सिफारीस गरिएको हो। उक्त अवार्डको राशी एक लाख डलर रहेको छ।
    टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमले आगामी जनवरीमा वितरण हुने उक्त अवार्डका लागि नेपालको तर्फबाट शुक्रराज अस्पताल मनोनयनमा परेको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीमा राम्रो काम गरेको भन्दै सरकारले नेपालको तर्फबाट शुक्रराज अस्पताललाई मनोनयन गरेको जानकारी दिदै अवार्ड प्राप्त गर्ने या नगर्ने भन्ने बारे निश्चित हुन बाँकी रहेको बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार