• सोमबार, १५ भदौ २०८३
  • images

      सर्पले टाेकेपछि  झारफुकमा लाग्दा गर्भवतीको मृत्यु 

      सर्पले टाेकेपछि  झारफुकमा लाग्दा गर्भवतीको मृत्यु 

    हेल्दीखबर
    बुधबार, असार १ २०७९
    हेल्दीखबर
    बुधबार, असार १ २०७९
      सर्पले टाेकेपछि  झारफुकमा लाग्दा गर्भवतीको मृत्यु 

    काठमाडौं । सर्पले टोकेपछि झारफुकको भरमा पर्दा अछामको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीकी ३२ वर्षीया रामपुरा शाहीको निधन भएको छ। उहाँ  गर्भवती महिला हुनुहुन्छ। 
    रामपुराको परिवारका अनुसार सोमबार राति १० बजे सुतिरहेको बेला उहाँलाई सर्पले टोकेको थियो । परिवारले तत्कालै अस्पताल लैजाने भन्दा पनि झारफुकतिर लाग्यो।
    अवस्था बिग्रँदै गएपछि मंगलबार बिहान अस्पताल लैजाने तयारी भयो । वडाध्यक्ष हेमबहादुर शाहीले मंगलबार बिहान ८ बजेतिर मात्रै एम्बुलेन्सको खोजी गर्दैगर्दा महिलाको मृत्यु भएको  जानकारी दिनुभयो ।
    झारफुकको भर परेर उपचारमा ढिलाइ भएकै कारण उहाँको मृत्यु भएको शाहीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार