काडमाडौं । धादिङको धुनिबेशी नगरपालिकामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विक पैदल हिंडीरहेको अवस्थामा काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते विकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।