• सोमबार, १५ भदौ २०८३
  • images

      गत दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

      गत दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
      गत दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

    काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले 
    २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

    मन्त्रालयका अनुुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

    यो कार्यक्रम आर्थिक वर्ष २०७५र७६ बाट सुरु गरिएको थियो । कार्यक्रम सुरु भएयता हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ३६२ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
    आर्थिक वर्ष २०७५र७६ मा २६ जना, २०७६/७७ मा ८७ जना, २०७७/७८ मा १०३ जना र चालु आर्थिक २०७८/७९ को हालसम्म १४६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार