• सोमबार, १५ भदौ २०८३
  • images

     नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने  

     नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने  

    हेल्दीखबर
    शनिबार, जेठ २१ २०७९
    हेल्दीखबर
    शनिबार, जेठ २१ २०७९
     नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने  

    मनाङ । नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको हो। 
    गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्न व्यक्तिको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो। 
     बैठकमा उपाध्यक्ष वेदबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र कार्यपालिकाका सदस्यको उपस्थिति थियो। बैठकले नासोँ गाउँपालिकाकाले बजेट, नीति, योजना तथा कार्यक्रम छनोटको लागि प्राथमिकतासाथ अगाडि बढ्ने तयारी गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार