• सोमबार, १५ भदौ २०८३
  • images

    बालबालिकामा अनिद्राको समस्या थाहा पाउने तरिका

    बालबालिकामा अनिद्राको समस्या थाहा पाउने तरिका

    आइतबार, साउन १० २०७८
    आइतबार, साउन १० २०७८
    बालबालिकामा अनिद्राको समस्या थाहा पाउने तरिका


    काठमाडौँ ।
    पछिल्लो समयमा बालबच्चाको निद्रा विथोलिएको छ । मोवाइल, ल्यापटप आदिले गर्दा उनीहरुको सुत्ने–उठ्ने क्रम बिग्रिएको छ । अक्सर मोवाइल, ल्यापटपमामा गेम खेल्ने, सामाजिक सञ्जालमा रमाउने, भिडियो हेर्ने प्रवृत्तिले गर्दा उनीहरु रातभर बस्न थालेका छन् । जबकि बच्चालाई कम्तीमा आठ घण्टाको गहिरो निद्रा जरुरी हुन्छ । उनीहरुको मानसिक, शारीरिक विकासका लागि पनि मस्त निद्रा लिन जरुरी छ । अहिलेका बच्चाहरुको भने निद्रा विथोलिएको छ । 
    जुन बालबच्चामा अनिद्राको समस्या छ उनीहरु राती निदाउन सक्दैनन् भने दिउसो बढी नै समय सुत्छन् । कहिले काहीँ त बालबच्चा थाकेर पनि दिनमा सुत्न सक्छन् । यद्यपि सामान्य अवस्थामा पनि उनीहरु दिनमा सुत्छन् भने उनीहरुमा अनिद्राको समस्या छ भनेर बुझ्न सकिन्छ । 
    ठूला मान्छेमा जस्तै बालबच्चाले पनि डरलाग्दो सपना देख्ने गर्छन् । बेलाबखत उनीहरु खराब सपना देखेर निद्रामै तर्सिएर उठ्ने गर्छन् । त्यसपछि उनीहरुलाई सुत्न अरु असहज हुन्छ । दिनमा पनि सपना सम्झिएर उनीहरु डराउने गर्छन् ।यसले बच्चाको निद्रा विथोलिन्छ, मानसिक तनाव बढ्छ र स्वास्थ्यमा पनि समस्या ल्याउँछ ।
    कतिपय बच्चाहरु राती सुत्नै सक्दैनन् । अर्थात उनीहरु सुत्ने समयमा पनि सुत्न सक्दैनन् । ओछ्यानमा पल्टिएपछि पनि धेरै समय छटपटाइरहँछन् । यसरी सुत्ने समयमा निद्रा नलाग्नुलाई इनसोमनियाको समस्या भएको भनिन्छ । कुनै तनावको कारण यस्तो समस्या देखापर्छ । यदि तपाईंको बच्चा राती लामो समयसम्म सुत्दैन भने उनमा चिन्ता वा तनावको समस्या छ भनेर बुझ्न सकिन्छ ।
    घुर्नु त्यती हानिकारक त होइन । यद्यपि फोक्सोमा कुनै रोकावट छ भने घुर्ने गर्छन् । यसले निद्रा सम्बन्धी विकार पैदा गर्छ । नाकमा कफ जम्दा, श्वास संक्रमणमा, टन्सिल बढ्दा पनि यस्तो समस्या देखापर्छ । बेलाबखत केही गंभिर समस्या अब्स्ट्रक्टिव स्लि एपनियाको कारण पनि घुर्ने समस्या हुन्छ । पाँच बर्षभन्दा कम उमेरका बच्चाले ओछ्यनमा पिसाब गर्नु खासै ठूलो समस्या होइन । यद्यपि त्यसभन्दा बढी उमेरका बच्चा छन् र प्रायजसो ओछ्यानमा पिसाब फेर्ने गर्छन् भने उनीहरुमा निद्रा सम्बन्धित समस्या छ भने बुझ्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार