काठमाडौँ । व्यस्तता, भागदौड र तनावग्रस्त जीवन जिउनाले मानिसलाई गर्दन दुख्ने समस्याले ग्रस्त पार्छ । गर्दन दुखाइ हड्डी खिएर, नसा च्यापिएर, कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा गर्दनका मांसपेसीलाई बलियो बनाउन व्यायामहरु गर्नपर्छ । उभिरहेको, बसिरहेको वा उत्तनो पारेर सुतेको बेलामा व्यायाम गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ ।
दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने ः ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस । अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई अगाडि र टाउकोले हातलाई पछाडि पट्टी धकेल्नुस् र २० सेकेण् सम्म रोकेर राख्नुहोस् ।
दुबै हातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने ः ढाड कम्मर दर्दं सीधा राखेर बस्नुहोस् । अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई पछाडि र टाउकोले हातलाई अगाडि पट्टी धकेल्नुस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने ः पूर्ववत अवस्थामै बस्नुहोस् र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस् । अब देब्रे हातले दाहिनेतिर ठेल्नुस् र टाउकोले देब्रेतिर ठेल्नुहोस् र २० सेकेण् सम्म रोकेर राख्नुहोस् ।