सबै नर्स एउटै विभागका, सबैका बच्चा स्वस्थ
एक अस्पतालका १० नर्स र १ डाक्टर एकसाथ गर्भवती भएका छन् । अमेरिकाको मिजौरी राज्यको एक अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी एकैसाथ गर्भवती भएका हुन् । मिजौरीको लिबर्टी अस्पतालका १० नर्स र १ डाक्टर एकै पटक गर्भवती भएका हुन् ।
दुई नर्सको डेलिभरी मिति एकै दिन
अझ दुई जना नर्सको डेलिभरी मिति एकै दिन परेको छ । थप अर्को संयोग के देखिएको छ भने गर्भवती भएकामध्ये अधिकाशं स्वस्थ्यकर्मी प्रसूती, श्रम र सुत्केरी विभागमा काम गर्छन् ।
ती स्वास्थ्यकर्मीले जुलाईदेखि नोभेम्बरका बीच बच्चा जन्माउनेछन् ।
अस्पतालको पानीमा केही मिसिएको हल्ला
एकै विभागका यति धेरै स्वास्थ्यकर्मी गर्भवती भएपछि मानिसहरुले ठट्टा गर्दै अस्पतालको पानीमै केही मिसिएकाले नखान सल्लाह दिन थालेका छन् ।
‘एक जना नर्सले त साच्चै छुट्टै पानीको बोतल बोक्न थालिछन् । मैले उनलाई कोट्याउँदै तिमीले हल्ला सुनेकै भरमा बोतल ल्याउन थाल्यौ भनेर जिस्क्याएँ ,’ अस्पतालको पोष्टपार्टम विभागमा काम गर्ने २९ वर्षीया हन्ना मिलरले भनिन् ।
यस अघि पनि एकै अस्पतालमा काम गर्ने धेरै स्वास्थ्यकर्मी एकै पटक गर्भवती भएका घटना बाहिरिएका थिए ।
यसअघि ९ जना नर्स एकैपटक गर्भवती
सन् २०१९ मा मेइन मेडिकल सेन्टरमाको श्रम तथा प्रसव इकाईमा कार्यरत ९ नर्स एकैसाथ गर्भवती भएका थिए । त्यो समयमा गर्भवती नर्सहरूले एक अर्काको डेलिभरीमा अरुले सघाउने योजना बनाएका थिए । त्यसको एक वर्षअघि पनि सन् २०१८ मा इलिनोईसमा रहेको एण्डरसन हस्पिटलको प्रसुति विभागमा कार्यरत ८ जना महिला एकै समयमा गर्भवती भएका थिए ।
सबै नर्सका बच्चा स्वस्थ
गर्भवती १९ नर्स र १ डाक्टरका बच्चा स्वस्थ रहेका छन् । केही नर्सहरूले यो उनीहरूको लागि अनौठो अनुभव भएको बताए। यो खबरले हामी सबैको पहिले नै नाता जोडिएको जस्तो भइरहेको छ। सँगै काम गर्ने र एकअर्कालाई समर्थन गर्ने र सँगै गर्भावस्थामा जाँदा सबै कुरा आफैमा फरक महसुस गराउँछ। सबैका गर्भमा रहेको शिशु स्वस्थ छन्।
ऐजेन्सी