रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट एकजना मतदाताको मृत्यु भएको छ । उहाँको सल्ले अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री हुनुहुन्छ ।
बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्रमा लु३च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।