काठमाडौँ । विश्व सूचना प्रविधिको विकासले धेरै फड्को मारेको छ । सूचना प्रविधिकै कारण विश्व साधुँरिँदै गएको छ । तर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा सञ्चारको पहुँच छैन । मानिसहरू सञ्चार बिनै बसेका छन् । यो बस्ती समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको छ । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन ।