• सोमबार, १५ भदौ २०८३
  • images

    दुई डोजबीचको लामो अन्तर बढी प्रभावकारी कोरोनाविरुद्धको फाइजर–बायोएनटेकको खोप 

    दुई डोजबीचको लामो अन्तर बढी प्रभावकारी कोरोनाविरुद्धको फाइजर–बायोएनटेकको खोप 

    शुक्रबार, साउन ८ २०७८
    शुक्रबार, साउन ८ २०७८
    दुई डोजबीचको लामो अन्तर बढी प्रभावकारी कोरोनाविरुद्धको फाइजर–बायोएनटेकको खोप 


    काठमाडौँ ।
    कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोपको पहिलो र दोस्रो डोजबीचको लामो अन्तर अझै बढी प्रभावकारी पाइएको छ। बेलायतका शोधकर्ताले गरेको एक अनुसन्धानमा दुई डोजबीचको लामो अन्तरले शरीरको प्रतिरक्षा प्रणालीले अधिक संक्रामक भाइरसविरुद्ध लड्ने एन्टिबडी उत्पादन गर्ने देखाएको छ। सुरुमा फाइजर–बायोएनटेकको पहिलो र दोस्रो डोजबीचको अन्तर तीनदेखि चार साता हुनुपर्ने बताइएको थियो। तर, बेलायतले सन् २०२० को अन्त्यतिर यसलाई बढाएर १२ साता बनाएको थियो। बेलायत सरकारले कम्तिमा एक डोज भएपनि सबैलाई दिन सकियोस् भन्ने उद्देश्यका साथ दोस्रो डोज दिने अन्तर बढाएको थियो। तर, उक्त कदम अनुसन्धानबाट सफल देखिएको छ।
    अनुसन्धानका लागि ५०३ जना जसले फरक–फरक समयमा खोप लगाएका थिए, उनीहरुलाई लिइएको थियो। उनीहरुमा इम्युन रेस्पोन्सको तुलनात्मक अध्ययन गरिएको थियो। उनीहरुमा दोस्रो डोज लगाएको एक महिनापछि रगतमा रहेको एन्टिबडी लेभल मापन गरिएको थियो।जोन हप्किन्सका अनुसार बेलायतमा हालसम्म ५६ लाख २६ हजार ३११ संक्रमित भेटिएका छन् भने संक्रमणकै कारण १ लाख २९ हजार २६६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ८ करोड ३७ लाख २२ हजार ५१४ जनालाई खोप लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार