काठमाडौं,
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री देउवाले सबै नेपालीहरुलाई खोप उपलब्ध गराएरै छाड्ने बताउनुभएको छ । उहाँले ऋण लिएर वा सापटी मागेर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउने बताउनुभएको छ । खोप आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले जतिसुकै महँगो भएपनि खरिद गरेर खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।