• सोमबार, १५ भदौ २०८३
  • images

    राप्रपाले प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने

    राप्रपाले प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने

    हेल्दीखबर
    बुधबार, वैशाख ७ २०७९
    हेल्दीखबर
    बुधबार, वैशाख ७ २०७९
    राप्रपाले प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने


    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप उपलव्ध गराउने भएको छ । 
    यस्तै सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउने भएको छ। स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले सबै नागरिकलाई स्वास्थ्य बीमा उपलब्ध  गराउने बताउनुभयो । त्यस्तै हरेक वडामा स्वास्थ्य चौकी स्थापना र निःशुल्क उपचार, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने उल्लेख छ। त्यसैगरी बाल स्वास्थ्य र पोषण कार्यक्रम, प्रत्येक वडामा प्रसूति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म तीन हजार मासिक भत्ता दिइने उल्लेख छ। स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, सिकलसेल एनिमिया जस्ता रोगका बिरामीलाई निःशुल्क उपचार, क्यान्सर, मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित नागरिकलाई मासिक स्वास्थ्य भत्ता उपलव्ध गराउने पनि राप्रपाले जनाएको छ। साथै  स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि राप्रपाले आफ्नो घोषणापत्रमा समेटेको छ। 

    घोषणापत्रको पूर्णपाठः

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार