• सोमबार, १५ भदौ २०८३
  • images
    एकीकृत समाजवादीको घोषणापत्र

    मदिरा सेवन गर्न पालिकाबाट स्वीकृति लिनुपर्ने  

    मदिरा सेवन गर्न पालिकाबाट स्वीकृति लिनुपर्ने  

    घरेलु मदिरालाई  ब्रान्डिङ गरिने

    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    मदिरा सेवन गर्न पालिकाबाट स्वीकृति लिनुपर्ने  

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मंगलबार घोषणापत्र सार्वजनिक गर्दै मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था अघि सारेको छ।  मदिरा सेवनले विकृति र अपराध बढेको भन्दै आफूले जितेको स्थानीय तहमा मदिरा सेवन कार्डको व्यवस्था गर्ने घोषणा गरेको हो। पार्टीले आफ्नो घोषणापत्रमा नेपाली घरेलु पेय पदार्थको व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने पनि बताएको छ । नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरूले रुचिपूर्वक सेवन गरेको बताउँदै पार्टीले नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनाबद्ध ढङ्गले अगाडि बढाउने आफ्नो घोषणापत्रमा जिकिर गरेको छ ।

    घोषणापत्रमा जथाभाबी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ। मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था गरिने छ । यसबाट जथाभाबी रूपमा मदिरा सेवनमा नियन्त्रण हुने छ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने छ।’
    घोषणापत्रमा भनिएको छ, ‘संसारका अरू देशले स्थानीय तथा रैथाने पेय पदार्थ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गरेका छन् । यसबाट हामीले सिक्न जरुरी छ । नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरूले रुचिपूर्वक सेवन गरेको देखिन्छ। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार