• सोमबार, १५ भदौ २०८३
  • images

    अब श्वासबाट कोरोना परीक्षण हुने, ३  मिनेटमै रिपोर्ट आउने

    अब श्वासबाट कोरोना परीक्षण हुने, ३  मिनेटमै रिपोर्ट आउने

    हेल्दीखबर
    आइतबार, वैशाख ४ २०७९
    हेल्दीखबर
    आइतबार, वैशाख ४ २०७९
    अब श्वासबाट कोरोना परीक्षण हुने, ३  मिनेटमै रिपोर्ट आउने

    अमेरिकामा श्वासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ।  बिहीबार अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो।

    सो ब्रेथालाइजरलाई मोबाइल वा घुम्ती परीक्षणमा प्रयोग गर्न प्रभावकारी हुन सक्ने एफडीएले जनाएको छ। यसको प्रयोगबाट ३ मिनेटभन्दा थोरै समयमा कोरोना परीक्षणको नतिजा दिने बताइएको छ।
    पछिल्लो समय गरिएको अध्ययन परीक्षणका क्रममा यस विधिबाट ९१ प्रतिशत पोजेटिभ भएका संक्रमितको नतिजा सही भएको र करिब शतप्रतिशत नेगेटिभ रहेकाको नतिजा देखाएको थियो।

    ओमिक्रोन भेरियन्टमा पनि सोही किसिमको नतिजा देखाएपछि एफडीएले प्रयोग अनुमति दिएको हो। यद्यपि पोजेटिभ देखिएका व्यक्तिको भने थप पुष्टि गर्नलाई पीसीआर विधिबाट थप परीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार