सूचना अधिकारी रिजाल काज फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी
काठमाडौ । स्वास्थ्य बीमा बोर्डमा कार्यरत सम्र्पूण स्वास्थ्यकर्मीहरु बोर्डमा कार्यरत सूचना अधिकारी शोभित रिजालको विरुद्धमा लागेका छन् । रिजालले बीमा बोर्डको भ्रामक सूचना बाहिर दिएर स्वास्थ्यकर्मीको मानमर्दन गरेको भन्दै शाखा अधिकृत रिजाल विरुद्ध उत्रिएका हुन् ।
उनीहरुले बुधबारदेखि पेन डाउन समेत गरेका छन् । बुधबारदेखि उनीहरुले गर्दै आएको सम्र्पूण काम स्थगित गरेका छन् ।
स्वास्थ्यकर्मीहरुको मानमर्दन बीमा बोर्डमा कार्यरत स्वास्थ्य सूचना अधिकारी शोभित रिजालले गरेको उनीहरुको भनाई छ ।
अब शाखा अधिकृत शोभित रिजालको काज फिर्ता नहुन्जेलसम्म हामी काम गर्दैनौं,एक स्वास्थ्यकर्मीले हेल्दीखबरसंग भन्नुभयो,“कार्यालयको सूचना दिने र स्वास्थ्यकर्मीको मानमर्दत गर्ने शोभित रिजाल भएको पुष्टि भएको छ ।”
स्वास्थ्यकर्मीको मानमर्दन गरेको पुष्टि भएपछि स्वास्यकर्मीले बुधबार बीमा बोर्डमा कार्यरत सूचना अधिकारी रिजाललाई काज फिर्ता हुन अल्टिमेटम समेत दिएका थिए ।
स्वास्थ्यकर्मीहरुले शाखा अधिकृत रिजालको काज फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । रिजालको विरुद्धमा २१ जना स्वास्थ्यकर्मीले हप्ताक्षर गर्दै विरोध जनाएका छन् ।