• सोमबार, १५ भदौ २०८३
  • images

    चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

    चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

    बिहीबार , साउन ७ २०७८
    बिहीबार , साउन ७ २०७८
    चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु


    काठमाडौँ, ७ साउन
     चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ। विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो। सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ।
    अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ। यस विभागको नेतृत्व प्रा डा अनिल आचार्यले गरेका छन्। दश वर्ष काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसकेका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा शुरु गरिएको हो।
    आचार्यसँगै कार्डियक सर्जन डा अल्का सिंहसहितको टोली रहेको छ। टोलीले सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरेको हो। आचार्यले भने, ुमुटुको चार कोठामध्ये माथिको दुई कोठाको बीचमा प्वाल परेको थियो।ु जन्मजात यो समस्या भएकी २४ वर्षीया युवतीको सफल शल्यक्रिया गरिएको हो। अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उहाँको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार