काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४७१ परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ८६ जना निको भएका छन् । मन्त्रालयका अनुसार चार हजार ३२२ पीसीआर नमुना परीक्षण गर्दा ३० र एक हजार १४९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १२ गरी ४२ जना संक्रमित भएका हुन् । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
मन्त्रालयका अनुसार आइसीयूमा २० र भेन्टीलेटरमा ३ जना संक्तमित उपचाररत छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १९८ रहेका छन् ।