• सोमबार, १५ भदौ २०८३
  • images

    २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३० जनाको मृत्यु

    २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३० जनाको मृत्यु

    बुधबार, साउन ६ २०७८
    बुधबार, साउन ६ २०७८
    २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३० जनाको मृत्यु


    काठमाडौँ, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७१५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै  सोही अवधिमा थप १ हजार ४७५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार