काठमाडौं ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सात दिनको लागि स्थगित गरिएको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम भोलिबाट सुचारु हुने भएको छ ।
अस्पतालले ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि जनशक्ति अभावका कारण १६ माघ सम्मका लागि खोप कार्यक्रम स्थगित गरेको थियो ।
काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीले जनशक्ति व्यवस्थापन गर्ने भएपछि भोलिबाट खोप कार्यक्रम सुचारु हुने अस्तापद्वारा जारी सूचनामा उल्लेख छ। 