काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह््वात्तै बढेको छ ।
अघिल्लो हप्तासम्म दुईसयको संख्यामा सिमित कोरोना अहिले एकहजार नाघिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर एक हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार थप २५५ जना संक्रमणमुक्त भएका छन् । आठ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ३५७ जनालाई र दुई हजार ४६४ जनाको एन्टीजेन परीक्षण गर्दा ८९ जनाको जना व्यक्ति संक्रमित भएका हुन् । त्यस्तै आइसीयूमा ६७ जना उपचाररत छन् भने भेन्टिलेटरमा १६ जना संक्रमति उपचाररत छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ६७५ भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी उपत्यकामा ८७६ जना कोरोना संक्रमित थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या सात हजार ८५५ पुगेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा ६१० र होमआइसोलेसनमा सात हजार २४५ जना रहेका छन् ।