• सोमबार, १५ भदौ २०८३
  • images

    कोरोनाबाट नेपालमा ११ हजार ५७९ जनाको मृत्यु

    कोरोनाबाट नेपालमा ११ हजार ५७९ जनाको मृत्यु

    संक्रमणदर तीन  प्रतिशत

    हेल्दीखबर
    बुधबार, पुस ७ २०७८
    हेल्दीखबर
    बुधबार, पुस ७ २०७८
    कोरोनाबाट नेपालमा ११ हजार ५७९ जनाको मृत्यु

     काठमाडौं ।  गत २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।यो संगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २३६ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट २१७ र एन्टिजेन परीक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा.संगीता कौशल मिश्राले २७२ जना कोरोनामुक्त भएको बताउनुभयो । 
    २४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर ३ प्रतिशत छ । 
    प्रवक्ता डा.मिश्राका अनुसार २४ घण्टामा ७ हजार २३३ पीसीआर र ४ हजार ४३ एन्टिजेन परीक्षण भएको छ । 

    हालसम्म पीसीआर बिधिबाट गरिएको परीक्षण ८ लाख २६ हजार ४२३ जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।  एन्टीजेन बिधिबाट  ९६ हजार ०४० जनामा कोरोना पुष्टि भएको छ । 
    ८ लाख ९ हजार ६५९ जना कोरोनामुक्त भएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार