नेपालमा फैलने जोखिम बढ्यो
नयाँदिल्ली । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ भारतमा समेत देखा परेको छ । उक्त भेरियन्ट देखापरेपछि भारतमा उच्च सतर्कता अपनाउन थालिएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिनुभयो । स्वास्थ्य सम्बद्ध अधिकारीहरुको आकस्मिक बैठक बोलाएर मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिनुभएको छ ।
विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाई सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गर्नुभएको छ।
भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ ।
एजेन्सी