• सोमबार, १५ भदौ २०८३
  • images
    घान्द्रुक जीप दुर्घटना   

    घान्द्रुक जीप दुर्घटनामा मृत्यु हुने १८ देखि २४ वर्षका युवायुवती (मृतककाे नामावलीसहित) 

    घान्द्रुक जीप दुर्घटनामा मृत्यु हुने १८ देखि २४ वर्षका युवायुवती (मृतककाे नामावलीसहित) 

    हेल्दीखबर
    सोमबार, असोज २५ २०७८
    हेल्दीखबर
    सोमबार, असोज २५ २०७८
    घान्द्रुक जीप दुर्घटनामा मृत्यु हुने १८ देखि २४ वर्षका युवायुवती    (मृतककाे नामावलीसहित) 
     

     

    पोखरा । कास्कीको घान्द्रुकमा जीप दुर्घटनामा मृतक ८ जना दशैं बिदामा पदयात्राका लागि आएका आन्तरीक पर्यटक रहेकाे पाइएकाे छ । उहाँहरू चढेको ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । जीप सडकबाट १ सय मिटर तल मोदी खोलामा खसेको थियो ।
     दुर्घटनामा परि मृत्यु हुनेहरुमा जिप चालक कास्कीको अन्नपुर्ण गाउँपालिक–५ नयाँपुलका वर्ष ४२ का खुसीमान क्षेत्री, काठमाण्डौ महानगरपालिका ३ गंगबु घर भई पोखरा घुम्न आउनु भएका वर्ष १८ का जिनलव घिसिङ, सोही बस्ने वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० को सुमन चौधरी, वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र गोरखा जिल्ला घर भई हाल काठमाण्डौ महानगरपालिका ३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल ) पठाईसकेको घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिनुभयो ।
    सोमबार दिउसो अन्नपूर्ण गाउँपालिका १० हुदु स्थित नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना स्थानमा प्रहरी, स्थानीबासिले उद्धार गर्नुभएको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार