काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय सतर्कता केन्द्रले छापा मारेको छ । राष्ट्रिय सतर्कता केन्द्रको टोलीले मंगलबार बिहान मन्त्रालयमा छापा हानेको हो ।
सतर्कता केन्द्रका अनुसार कार्यालय समयमा अनुपश्चित कर्मचारी र पोशाक नलगाउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
केन्द्रले स्वास्थ्य मन्त्रालयका रहेका २५ जना कर्मचारीले पोशाक नलगाएको पाइउको छ । यस्तै ३५ जना कर्मचारी समयमा नआएको पाइएको हो ।