५० जना चिकित्सक, नर्स सहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो
काठमाडौँ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शुक्रबार छैटौँ पटक ११ घण्टा लगाएर सफल कलेजो प्रत्यारोपण भएकोे छ ।
शुक्रबार दिउँसो एकबजे सुरु गरिएको प्रत्यारोपण राती ११ बजे सम्म गरिएको थियो ।
अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेश सिंह भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण सफल भएको हो । डा. भण्डारीका अनुसार शुक्रबार सिन्धुपाल्चोक घर भइ काठमाडौ बस्ने ३५ वर्षिय पुरुषको कलेजो प्रत्यारोपण उहाँकी ३१ वर्षीय श्रीमतीले कलेजो दान दिएर सफल भएको हो ।
प्रत्यारोपणलाई सघाउन भारतको दिल्ली स्थित फोर्टिस अस्पतालका डा विवेक विजको टोली आएको थियो । उहाँले प्रत्यारोपणमा ५० जना चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी खटिएको जानकारी पनि दिनुभयो ।