• सोमबार, १५ भदौ २०८३
  • images

    आँखाको दृष्टि गुम्नसक्ने सापु कस्तो रोग हाे?

    आँखाको दृष्टि गुम्नसक्ने सापु कस्तो रोग हाे?

    हेल्दीखबर
    बिहीबार , असोज ७ २०७८
    हेल्दीखबर
    बिहीबार , असोज ७ २०७८
    आँखाको दृष्टि गुम्नसक्ने सापु कस्तो रोग हाे?

    काठमाडौं । सापु एक दृष्टिनाशक रोग हो। प्राय वर्षा यामपछि भदौदेखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेटमा शापू महामारीको रुपमा देखिने गरेको छ। यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ।
    शापू रोग के कारणले लाग्छ?
    हालसम्म सेतो पुतली(मोथ)लाई शापूको कारण मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
    शापू रोगका लक्षण केके हुन्?
    लक्षण तथा चिन्हहरु

    एक्कासी एउटा आँखा रातो हुनु।
    चिप्रा नलाग्नु।
    उज्यालोमा हेर्न नसक्नु।
    आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
    आँखाको दुखाई सामान्य वा बढी हुनु।
    उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिन्छ।
    निदान तथा उपचार
    यो रोगको निदान तथा उपचार आँखा विभाग अस्पतालहरुमा मात्र गर्ने गरिन्छ। शापूको आकस्मिक उपचार सेवा आँखा भित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया समेतबाट गर्ने गरिन्छ। समयमा नै उपचार भएमा मात्र आँखा निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ।
    रोकथाम
    शापू रोग लाग्नबाट बच्नका लागि सेतो पुतली (मोथ)को संसर्गबाट टाढै रहने।
    धेरै उज्यालो सेतो बत्ति नबाल्ने।
    साँझ र राती झ्याल ढोका बन्द गर्ने।
    सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने।
    सुत्ने कोठामा बत्ति निभाएर वा मधूरो बत्ती बालेर झूलभित्र मात्रै सुत्ने।
    रोगको लक्षण देखा परेमा वा शंका लागेमा तुरुन्तै आँखा विभाग अस्पतालमा जाने।
    आफूखुशी कुनै पनि आँखाको औषधि तथा जडिबुटी नराख्ने।
    आँखा स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम उपचार गर्ने।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार