• मंगलबार, ३ कात्तिक २०८३
  • images

    सुत्केरी भएको कति दिनपछि यौन सम्पर्क राख्ने ?

    सुत्केरी भएको कति दिनपछि यौन सम्पर्क राख्ने ?

    हेल्दीखबर
    सोमबार, चैत २ २०७७
    हेल्दीखबर
    सोमबार, चैत २ २०७७
    सुत्केरी भएको कति दिनपछि यौन सम्पर्क राख्ने ?

     शिशुको जन्मपछि यौन सम्पर्क गर्दा वीर्य (शुक्रकीट योनीमा झर्दा )गर्भ रहन्छ कि रहँदैन  ? तपाईंले भन्नु भए जस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ–शिशु जन्मिएपछि कहिलेदेखि यौन सम्पर्क पुनः शुरु गर्न हुन्छ रुगर्भमा शिशु रहने बित्तिकै महिलाको यौन जीवनमा फरक पर्ने हुँदा कतिपयले सोच्छन कि सधैका लागि उनीहरू यौनप्रतिको रुची हराएर जाने त होइन । त्यसो होइन, सुत्केरी भएको केही समयपछि उनीहरू सामान्य अवस्थामा आउँछन । तर यो कुरा बुझ्नु पर्छ की सामान्य अवस्थामा सुत्केरी भएपनि वा शल्यक्रियामार्फत सुत्केरी गराइए पनि शरीरलाई सामान्य अवस्थामा फर्कन समय लाग्छ । सुत्केरी अवस्थामा यौन सम्पर्क गर्दा यस्ता समस्या देखा पर्न सक्छ: 

     
    घाउ हुने  
    सामान्य होस् वा शल्यक्रिया, दुबै अवस्थाको सुत्केरीपछि टाका लगाउने गरिन्छ । यस अवस्थामा यौन सम्पर्क गर्दा टाकामा खिचावट आउने हुँदा टाका टुट्ने र घाउ हुन सक्छ । 
     
    धेरै रक्तश्राव हुने  
    सुत्केरी भएको केही समयसम्म कतिपय महिलालाई अत्यधिक रक्तश्राव हुने गर्छ । जबसम्म रक्तश्राव पूर्ण रुपले बन्द हुँदैन तबसम्म यौनसम्पर्क नगर्दा राम्रो हुन्छ । यदि सम्पर्क गर्ने इच्छा भए चिकित्सकको परामर्श लिनुपर्छ । 
    प्रतिक्षा गर्नु उचित  
    चिकित्सकहरूका अनुसार बच्चा जन्माइ सकेपछि आमालाई ४ देखि ६ सातासम्म आरामको आवश्यकता पर्छ । तर समय महिलाको शारीरिक बनावट र स्वास्थ्य अवस्थामा भर पर्छ । पहिलो पटक आमा भएकाले यो जान्नु जरुरी हुन्छ की सुत्केरी भएको तुरुन्तै यौन सम्पर्क गर्नु हुँदैन । किनकी उनीहरूमा फेरि गर्भ बस्ने सम्भावना हुन्छ । 
    संक्रमणको जोखिम 
    सामान्य र शल्यक्रिया दुबै किसिमको सुत्केरीपछि संक्रमणको खतरा बढेर जान्छ । किनकी दुवै अवस्थामा पाठेघरको आकार ठूलो हुन्छ । जसले गर्दा ब्याक्टेरिया सजिलै पाठेघरमा प्रवेश गर्छ र यो अवस्थामा यौन सम्पर्क गर्नाले इन्फेक्सन हुने खतरा दुई गुणाले बढी हुन्छ । 
    एजेन्सी 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार