तनहुँ । यतिखेर नायक पल शाह तनहुँ प्रहरी कार्यालयको हिरासतमा छन् । प्रहरीले पीडित बालीकाको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ। बालयौन दुराचारको आरोपमा हिरासतमा रहेका पलले बलात्कार गरिएकी भनिएकी युवती नाबालिक रहेको प्रमाण फेला परेको छ। पल शाहले बलात्कार गरेको आरोप लागेको पीडित नाबालिग रहेको प्रहरीको भनाइ छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा युवतीको जन्म मिति २०६२ साउन रहेको खुलेको छ। सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर प्रमाणित गर्ने प्रमुख आधार जन्म दर्ता हुन्छ ।
'जन्म दर्ताको आधारमा घटनाको समयमा ती किशोरीको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा प्रहरीले प्रमाण पुष्टि जन्म दर्ताले गर्दछ। तनहुँ प्रहरीको हिरासतमा रहेका पलले प्रहरी बयानमा भने आरोप अस्वीकार गरेका छन्। उनले पीडित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि बलात्कार भने नगरेको दाबी गरे पनि दुवै प्रमाण उनी विरुद्ध देखिएको छ।
नाबालिग गायिकाले पल विरुद्ध बलात्कारको जाहेरी दिएपछि पाँच दिन लुकेर उनी आइतबार प्रहरी कार्यालय पुगेर सरेन्डर गरेका थिए। प्रहरीले सात दिनको अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा घटनास्थलको मुचुल्का, बयान लगायतको प्रक्रिया जारी रहेको अनुसन्धानस्रोतले बतायो। प्रहरीले प्रमाण बुझ्ने काम समेत जारी राखेको छ। स्वास्थ्य परीक्षणमा नाबालिकको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आएको छ। यो प्रमाणले आरोपी विरुद्ध दुवै प्रमाण बलियो रहेको प्रहरीको भनाइ छ।