काभ्रे । मृत्यु भएको ६ दिनपछि काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ की प्रीति रानी तामाङको शव आज साँझ दाहसंस्कार गरिएको छ । माईती पक्षले मृत्यु भएको ६ दिन सम्म पनि शव दाहसंस्कार गर्न घर परिवारले नमानेको भन्दै हिजो जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्रर्दशन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेमा घर र माईती पक्षबिच भएको छलफलमा सासु लक्ष्मी तामाङ र ससुरा करण तामाङले लाश जिम्म लिने सहमति भएपछि दाहसंस्कार गरिएको हो । शवलाई धुलिखेल अस्पतालमा राखिएको थियो । माईती पक्षले मृतककी सासुलाई पनि अनुसन्धानको दायारामा ल्याउन प्रहरीसंग माग गरेको छ ।
भदौ २४ गते घटना पश्चात मृतकका बुबा नेत्र बहादुर तामाङले आत्महत्या दुरुसान बिरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गराउनु भएको थियो । किटानी जाहेरीका आधारमा मृतक प्रीतिका श्रीमान सुदिप तामाङलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । किटानी दर्ता गरेर प्रीति रानीकी श्रीमानलाई हिरासतमा राखेको भन्दै घर पक्षले शब बुझेको थिएन । मंगलवारको छलफलपछि शब दाहसंस्कार गर्ने सहमति भएको हो । उनको शब बनेपामा दाहसंस्कार गरीएको थियो ।